Loading... आजः शनिबार , श्रावण १२, २०८१

15 अप्रेलपछि पनि स्कूल खोल्न असम्भव, अनलाइन शिक्षा लिनुपर्छ- सचिव उपाध्याय


गान्तोक, 7 अप्रेल। सिक्किमको सबै शैक्षिक संस्थानहरूको शिक्षा दिने प्रक्रिया अब कोरोनाको लकडाउन नखोलिएसम्म अनि स्थिति सामान्य नभएसम्म अनलाइन माध्यमबाट गर्नुपर्ने शिक्षा विभागले निर्णय गरेको छ। सिक्किम सरकारको अतिरिक्त मुख्य सचिव तथा विभागीय सचिव जीपी उपाध्यायले पत्रकारहरूसित कुराकानी गर्दै विभागले लिएको निर्णय बारे जानकारी गराएका छन्। उनले सबै विद्यार्थी, शिक्षकहरूले अहिलेको स्थितिलाई ध्यानमा राखेर सामाजिक दूरत्वको प्रयोग गर्दै घरैमा बसेर पाठ्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका छन्। उनले कोविड-19को कारण भइरहेको लकडाउन अझ लम्बिनसक्ने सम्भावना भएको कुरा राख्दै आउने एक महिनापनि पाठशाला र शैक्षिक संस्थानहरू नखोलिने पक्कापक्कि भएको हुनाले विभागले पठनपाठनको निम्ति आफ्नै एप पनि शुरु गरेको अनि शिक्षक र विद्यार्थीहरूलाई विभिन्न सामाजिक सञ्जालहरू प्रयोग गर्दै आफ्नो पाठ्यक्रमलाई अघइ बडाउने आदेश जारी गरिसकेको बताए। उनले शिक्षकहरूले अगावै यो प्रक्रिया शुरु गरिसकेको अनि वाट्सएप ग्रूपहरू बनाएर विद्यार्थीहरूलाई भीडीयो बनाएर पढाउने आदेश पनि दिसकेको बताए। वर्तमान अवस्थालाई ध्यानमा राखेर विभागले एक दिन बिराउँदै कार्यालयमा उपस्थित भएर लिनुपर्ने आवश्यक सतर्कता र निर्णयहरू लिइरहेको पनि उनले बताए। अब उसो लकडाउन पछि पनि स्थिति सामान्य हुन्छ भन्ने कुनै ग्यारेण्टी नभएपछि शिक्षाको क्षेत्रमा हुने क्षतिलाई ध्यानमा राखेर विद्यार्थीहरूलाई दिनुपर्ने सबैप्रकारको शिक्षा एप र सामाजिक सञ्जालको माध्यमबाट पूरा गरिनुपर्ने बताए। यसैगरी एनसीआरटी र केन्द्रीय शिक्षा मन्त्रालयको निर्देशनहरूलाई पनि पालन गर्दै उच्च शिक्षामा पनि निर्धारण गरिएको एपमार्फत पठनपाठन गर्नुपर्ने बताए।

आउँदो 15 मईसम्म स्कूल खोल्न सम्भव नरहेको बताउँदै अहिले अनलाइन शिक्षा तिब्ररूपमा चलिरहेको जसमा सिक्किम एडुकेशन एप माध्यमिकत र उच्चतर माध्यमिकको निम्ति रहेको अनि यसमा अहिलेसम्म 143वटा स्कूलले पञ्जिकरण गरिसकेको पनि बताए। अर्कोतिर कलेज स्तरको पठनपाठनको निम्ति जूम एपबाट पठनपाठन गर्न सकिने बताए। अर्कोतिर मुख्यमन्त्री मेधावी छात्रवृत्तिमार्फत अध्ययनरत 55 जना विद्यार्थीहरूलाई राज्य फर्किएपछि कोरण्टाइनमा राखिएको अनि उनीहरूले आज 14 दिनको समय पूरा गरेर सबै स्वास्थ्य रहेको बताए। उनीहरूलाई आज स्वास्थ्य जाँच पछि भोली घर जान दिने पनि निर्णय गरेको बताए। यद्यपी उनीहरूलाई घरमा पनि 14 दिनसम्म सुरक्षित बसिदिने बताए। अर्कोतिर राज्य बाहिरै लकडाउनको कारण फसेका विद्यार्थीहरूलाई मुख्यमन्त्री त्राण कोषबाट पाँच-पाँच हजार रुपियाँ खर्च पठाइएको बताए। जसमा हिमाचल प्रदेशमा रहेका 12 जना विद्यार्थीहरूलाई संस्थानकै अकाउण्टमा 60 हजार रुपियाँ हालिसकेको र उनीहरूलाई कुनै असुविधा नभएको बताए। 14 अप्रेलपछि पनि लकडाउन खोल्छ भन्ने निश्चित नभएको कारण सबैले घरमै बसेर आफ्नो अध्ययन प्रक्रिया पूरा गर्नुपर्ने अनि कोही विद्यार्थी बाहिरबाट घर आउन चाहे घरमा अथवा सुनिश्चित कोराइण्टाइनमा बसेर आफ्नो स्वास्थ्यको प्रमाण जुटाउने प्रक्रियालाई पूरा गर्नुपर्ने बताए। यसरी नै मुख्यमन्त्री त्राण कोषमा शिक्षा विभागले स्वेच्छाले एकदिनको वेतन बुझाउने निर्णय गरेको अनि यसमा सबै कर्मचारी र शिक्षकहरूले सहयोग गर्ने विभागले आशा पनि राखेको बताए। शिक्षा विभागले एक दिनको वेतन त्राण कोषमा दिँदा लगभग दुई करोड रुपियाँ हुने अनि विभागीय मन्त्री मार्फत कोषमा पठाइने बताए।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!