25 मार्चदेखि 31 मार्चसम्म हुने सिक्किम लकडाउन
गान्तोक, 23 मार्च। विश्वव्यापी महामारी कोविड-19-को आतङ्क रोक्न सिक्किमले अहिलेसम्मको सबैभन्दा ठूलो निर्णय गरेको छ। सिक्किमको दुईवटा प्रमुख जिल्ला दक्षिण र पूर्वले आगामी 25 मार्चको बिहान 6 बजीदेखि जिल्लालाई पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ। पूर्व जिल्लाका जिल्लापाल राज यादवले कोड अफ क्रिमिनल प्रोसिड्यूर 1973-को धारा 144 (1) –लाई निरन्तरता दिँदै जिल्लाको सबै दोकान, होटल, रेस्तराँ, व्यापारिक संस्थापन, निजी कार्यालय, कारखाना, कार्यशाला अनि गोडाउन्स बन्द गर्ने निर्णय गरेको छ। सोही आदेश दक्षिण जिल्लाको जिल्लापाल रगुल के. ले पनि जारी गर्दै दक्षिण जिल्लालाई पनि पूर्णरूपमा बन्द गर्ने आदेश जागी गरेको छ। यसैगरि उत्तर जिल्ला र पश्चिम जिल्ला प्रशासनले पनि उक्त किसमकै आदेश जारी गरेक छ। जिल्लापालले जारी गरेको आदेश अनुसार कानुन, पुलिस, सशस्त्र बल, प्यारा मिल्टेरी, स्वास्थ्यको यातायात, बिजुली पानी, सफाई सेवा, दमकल, सिविल डिफेन्स र आपतकालिन सेवा, दूर सञ्चार, इण्टरनेट र पोष्टल सेवा, ब्याङ्क अनि एटीएमस् पीडीएस, ग्रोसरी,सब्जी, फलफूल, माछामासू, बेकरी, दूध र दवाईको निम्ति आवश्यक परिवहन बिहान 9 बजीदेखि बेलुकी 8 बजेसम्म खुल्ला रहनेछ। यसैगरी पेट्रोल पम्प, एलपीजी सिलिण्डर, ओयल एजेन्सी, सिक्किम मिल्कको ट्रान्सोटेसन र दोकानहरू बन्दबाट मुक्त रहेका छन्। यसरी नै प्राइवेट क्लिनिक, दवाई कारखाना, मेडिकल इक्यूपमेण्ट्स कारखाना र तिनीहरूको ट्रान्पोटेसनलाई पनि छुट दिएको छ। विद्युत उत्पादन परियोजना, प्रेस मिडिया र सामाजिक सञ्जाल, पशु चारो र तिनीहरूको परिवहनलाई पनि बन्दबाट छुट दिइएको छ। अत्यावश्यक अन्य सामाग्री उत्पादकहरूलाई पनि छुट दिइएको छ। यस अतिरिक्त अन्तरराज्य यातायातलाई पनि प्रतिबन्ध गरिएको छ। जसमा निजी लाहन, बस, ट्याक्सी, दुई चक्के सबै प्रतिबन्ध छ भने आपतकालिन सेवाहरूलाई भने छुट दिइएको छ। जुन पूर्व जिल्लाको निम्ति रम्फू चेकपोष्ट र दक्षिण पश्चिम जिल्लाको निम्ति मल्ली चेकपोष्टमा तत्काल लागु हुनेछ। यसैगरी सम्पूर्ण जिल्लाभरी पाँचजना भन्दा धेरै मानिसहरू भेला हुननपाउने अनि राज्यमा पनि कुनै पनि निजी वाहन, दुईचक्के, ट्याक्सी वाहनहरू चलाचल पनि बन्द रहनेछ भने अड र इवनको पहल लागू रहनेछ। यसैगरी यो समयभरी विभिन्न कारखाना निर्माणाधीन परियोजना, व्यापारिक संस्थान, होटल रेष्टोरेण्ट र औद्योगिक एकाईहरूमा कार्यरत मजदूरहरूले आफू कार्यरत रहेको ठाउँ अर्थात बसिरहेको ठाउँहरू छोडेर जान नपाउने पनि उल्लेख गरिएको छ। जनतालाई पूर्ण रूपमा घरमा बसिदिने र सामाजिक भेटघाटहरूलाई टाडो राख्ने र आवश्यक नभएसम्म बाहिर ननिस्किने जानकारी दिएको छ। यसैगरी कोरण्टाइनको निर्देशन अनुसार जतिपनि विदेशबाट फर्किएकाहरू स्वास्थ्य विभागको निर्देशन अनुरूप घरमै बस्ने अर्थात स्थानीय स्वास्थ्य प्राधिकरणले उपलब्ध गराएको कोराइण्टाइनमा बस्नुपर्ने अथवा यदी कसैले नियम उल्लङ्घन गरेको खण्डमा कानुनी कार्वाही गरिने उल्लेख गरिएको छ। यो आदेश आगामी 31 मार्चसम्म लागु हुने बताइएको छ। आदेशको प्रतिलिपी सबै सम्बन्धित थाना र अधिकारीहरूलाई पठाइएको छ।