Loading... आजः शनिबार , श्रावण १२, २०८१

27 अगस्तसम्म रिपोर्ट बुझाउने मणिपालले अहिलेसम्म नबुझाएर सरकारलाई नटेरेको एसडीएफको आरोप


कर्फेकटारमा क्यान्सर अस्पताल जनपक्षीय छैन,अरू ठाउँमा बनाउनुः जेबी दर्नालजेबी दर्नाल
गान्तोक, 14सितम्बर। दक्षिण सिक्किमको कर्फेकटारमासीजी प्राइभेट लिमिटेडको माताहतमा सिक्किम सरकारले शुरु गरेको प्रस्तावित क्यान्सरअस्पताल जनपक्षीय नरहेको राज्यको विपक्षी दल एसडीएफले दाबी गर्दै उक्त ठाउँदेखिअन्यत्र अस्पताल निर्माण गर्नुपर्ने माग गरेका छन्। एसडीएफका प्रवक्ता जेबी दर्नालले एसडीएफ मुख्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने,मिन्तोगाङमा क्यान्सर अस्पताल बनाउँछु भनेर जनतालाई ढाट्यो जनताले थपडी बजाए तरअहिले पूर्व सरकारले कर्फेकटारमा बनाएको धेरै पूर्वाधार भएको ठाउँमा अहिले आँखालगाइँदैछ। जहाँ धेरै सुङ्गुर, कुखुरा फार्म तथा बेरोजगार युवाहरूको जिवीकोपार्जनकोप्रशिक्षण केन्द्र रहेको छ त्यही ठाउँ सरकारले ताग्दैछ। तर यसको साटो कर्फेकटारनजिक नन्दु गाउँ, बुदाङमा पनि असप्ताल बनाउन सक्ने ठाउँ छ तर कर्फेकटारमा क्यान्सरअस्पताल बनाउन जनपक्षीय छैन भन्ने लागेको छ। उनले युवाहरूको जिवीकोपार्जनकोप्रशिक्षण गर्ने संस्थान मासेर अस्पताल बनाउन नहुने माग राखे। यसैगरि उनलेराज्यमा चलिरहेको विभिन्न स्वास्थ्य सम्बन्धित मुद्दाहरूलाई राज्य सरकारले सहीरूपमा सम्बोधन गर्न नसकेको आरोप लगाउँदै गत अगस्त महिनामा दश दिनभित्र मणिपालअस्पतालमा 5 जनाले अकाल मृत्युको मुखमा पर्नु परेको घटनाबारे अहिलेसम्म सरकारलेकुनै कार्वाही नगरेको गुनासो गरे। उनले भने, अगस्त महिनामा 5 जना मान्छेले अकालमृत्यु झेल्नुपऱ्यो। सरकारी अस्पतालमा उपचार नपाएपछि उपचार गर्नेको लापरवाहीकोकारणले उनीहरूले ज्यान गुमाउनु पऱ्यो। यसैगरि उनले भने, घटनाहरूबारे राज्य सरकारकोपक्षमा राजनैतिक सचिवले राखेको कुराहरूमा सहमत छौं तर यसको समाधान अहिले भएन भनेभविष्यमा पनि हुनसक्छ। मणिपालले छानबीन समिति गठन गरेर मात्र हुँदै कार्वाहीहुनुपर्छ भन्दै चलाउन सक्दैन भने राज्य सरकारलाई ह्स्तान्तरण गर्नु भन्ने राजनैतिक सचिव जेकब खालिङले राम्रोसितचलाएर देखाउने बताएका थिए तर अहिलेसम्म उनको कुरा मणिपालले नटेरेको आरोप लगाए। उनले भने, राजधानीमानन कोविड अस्पताल पनि चाहियो त्यसैगरि मणिपाललाई नन कोविड अस्पताल छोड्नु भन्नेमाग थियो तर सरकारले लापरवाही पूर्वक छोडेको कारण यस्तो घटना भइरहेको छ। उनले भने,एसकेएम पार्टी अहिले पनि विपक्षी पार्टी जस्तो विपक्षीको आचरणबाट मुक्त हुनसकेकोछैन जस्तो एसडीएफबाट जितेका विधायक जीटी ढुङ्गेलले मणिपाललाई क्षतिपूर्ति दिनुपर्छभन्दै विपक्षीले जस्तो माग गरिरहेका छन् सत्तारूढ दलले कसलाई क्षति पूर्ति मागेको? पाँचै जनाको परिवारले 1-1 करोड़ रूपियाँक्षतिपूर्ति पाउनुपर्छ भनि एसडीएफ माग गर्दछ। उनले मणिपालले छानबीन कमिटिलेरिपोर्ट नबुझाएको कुरालाई अस्पतालले राज्य सरकारलाई नटेरेको भन्ने प्रसंग जोड्दैभने, 27 अगस्तसम्म रिपोर्ट बुझाउऩे भन्नेमणिपालले आज 14 सितम्बर पुग्दा पनि रिपोर्ट दिएन भनेपछि मणिपालको प्रबन्धन पक्षलेएसकेएम सरकारलाई टेरेन, पत्याएन अस्पतालै चलाउंछु भन्नेलाई रपोर्ट त दिएन किएसकेएम र मणिपाल मिलेर जनताको अगाडी नौटङ्की गर्दैछ? उनले अझ भने, तर जसको घर जलेको छ उसैलाई मात्र थाहा हुन्छजसको परिवारमा घरमा घटना घटेको छ त्यो गरीबलाई थाहा छ तर एसकेएम र मणिपाल मिलेरगरीबको अनुहारमा मोसो दल्ने काम गरिरहेको छ। तुरन्तै रिपोर्ट सार्वजनिक गर्नुपर्छभनी उनले माग गरे। एसडीएफसरकारले खोलामा बग्दा पनि क्षतिपूर्ति दिएको छ भन्ने दाबी गर्दै गत 29 अगस्तको दिन दिक्चुको एकै परिवारका तीनजना दाजु बहिनीलाई खोलाले बगाएर मारिए तर एसकेएम सरकारले क्षतिपूर्तिदिने कुनै सोच बनाएन भन्दै डेक बहादुर राईको परिवारलाई क्षतिपूर्ति दिनुपर्छ भन्नेमाग गर्दछौ भनि प्रवक्ता दर्नालले बताए। राज्यमा बालयौन अपराध, आत्महत्या, मानव तस्करी र अज्ञात हत्याको मामिला बढिरहेको एसडीएफकोआरोप छ। प्रवक्ता दर्नालले भने, विशेष व्यक्तिहरूको बाल यौन अपराधमा पटक पटकपत्रकार सम्मेलन गर्ने डीआइजीले साधरण जनताको बालिकामा अपराध हुँदा किन मुखमा दहीजम्माएर बसेका छन् सबैको लागी बोलिदिनुपर्छ भन्ने माग पनि गर्दछौं। यसैगरि मानवतस्करी र अत्महत्याबारे बढ्दो घटनाबारे अहिलेसम्म केही गरेका छैन। डीजीपीकोअपराधलाई रोक्न समेत नाटक गर्नुपऱ्यो जनताले पत्याएन। डीजीपीको अपराधलाई ढाकछोपगर्ने डीआइजीले भनेको बयानलाई पुष्टि गर्ने काम मुख्यमन्त्रीले पनि गरे तर जनताले उनीहरूको कुरा पत्आएको छैन् भनीप्रवक्ता दर्नालले ठोकुवा गरे। सिक्किममाबाल यौन अपराध, आत्महत्या, मानव तस्करी र अज्ञात हत्याहरू बढ्न थालेको छ त्यसलाईरोकथाम गर्न नसकेको कारण सिक्किममा जङ्गल राज फस्टाएर आएको छ। यसले एसडिएफसितमतभेद भएकालाई मात्र यो समस्या लाग्दै सबैलाई भेट्छ अनि सिक्किममा अपराध बढेको छसरकारले प्रभावकारी कदम चाल्नुपर्छ भनि माग राखे। यसको निम्ति सरकारले कदम चाल्दाविपक्षीको रूपमा एसडीएफले सहयोग गर्ने बताए तर अहिले कोरोना भाइरसको महामारी सरकारदुर्बिन लगाएर खोज्नुपर्ने स्थितिमा छ अहिले सरकार कहाँ छ कसैलाई थाहा नभएको भन्दैव्यङ्ग गरे। उनलेसिक्किममा कोरोना भाइरस संक्रमण बढ्नुमा राज्यको प्रशासनको कमजोरीले अहिलेकोस्थिति पुऱ्याएको अनि राज्य सरकारले प्रशासनको गल्तीलाई सुधार गर्न नसक्नु हो भनीआरोप लगाए। उनले प्रशासनीक अधिकारीहरूको भूललाई लुकाउने काम मात्र गरिरहेको अनिडीएम एक्ट र कोविड एसओपीको उलङ्घन गरेको कुराहरूलाई अदेखा गरेर ग्रेफ काण्ड,आइटीबीपी काण्ड, एसएसबी काण्ड र फार्मा कम्पनी र आइटी टेक्निसियनहरूको कारण अहिलेगान्तोकमा कोरोना भाइरस फैलिएर गएको अनि त्यसबारे कुनै कार्वाही नभएको आरोप लगाए। प्रवक्तादर्नालले सरकार र प्रशासनिक गल्तीले गर्दा सिक्किममा 16 जनाको ज्यान गइसकेको आरोपपनि लगाए। उनले जनतामा महामारीको त्रास फैलिरहेको बेला सरकारले नियुक्ति गरेकोसल्लाहकार र अध्यक्षलाई खादा माला लगाउनु जानेको क्रम सक्किएको छैन इमान्दार भएरदायित्व पालन गर्नुको साटो अझै हनिमुन मनाईरहेको छ भनि आरोप लगाए। मनोनित अध्यक्षर सल्लाहकारले पनि आफ्नो जिम्मेवारी लिनुपर्छ भन्ने सुझाउ राखे। अर्कोतिर गरीबविरोधी सरकारको रूपमा पुञ्जिपतिहरूको पक्षधर बनेर अहिले गरीब कर्मचारीहरूकोविरूद्धमा सरकारले एडवाइजरी जारी गरेर विभिन्न कम्पनीमा काम गर्ने कर्मचारीहरूविरूद्धको निर्णय गरिरहेको आरोप लगाए। उनले यसबारेमा सम्पूर्ण गरीब कर्मचारीहरूकोपक्षमा एसडीएफ पार्टीको मजदूर मोर्चाले चाँडै कडा भन्दा कडा कर्वाही गर्ने निर्णयगरिसकेको जानकारी पनि दिए। उनले गरीब कर्मचारीहरूको वेतन काटिएको कुरा आइरहेकोत्यसबारे सरकारको निर्देशन हुनुपर्ने माग पनि राखे।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!