Loading... आजः शनिबार , श्रावण १२, २०८१

27 वर्षीया युवतीले पानीको ट्याङ्कीमा हामफालेर गरिन आत्महत्या


गान्तोक, 18 सितम्बर। मानसिकरूपमा असन्तुलित रहेका एक 27 वर्षीया युवतीले राजधानी गान्तोकको शिरमा रहेको बुबुले नजिकको पिउने पानीको ट्याङ्कीमा हाम फालेर आत्महत्या गरेकी छन्। हिजो दिउँसो लगभग 11 बजी उक्त घटना भएको बताइएको छ। सेलेप ट्याङ्की निवासी कुमारी तामाङ नामक उक्त युवती पछिल्लो 9 वर्षदेखि मिर्गी र मानसिक असन्तुलनको शिकार थिइन् भने एसटीएनएम अस्पतालमा उपचाराधिन थिइन्। घटनाको थाहा लाग्नसाथै लाश निकाल्ने कार्य गरेर पोस्टमर्टम पछि लाश परिवारलाई सुम्पिएको छ। घटनापछि राजधानी गान्तोकवासीलाई पेयजलको भण्डारणमा मानिस मरेको कुराले सकसमा पारेको भए पनि आत्तिनु पर्ने स्थिति नरहेको थाहा लागेको छ। घटनाको थाहा पाउनसाथै पानी बन्द गरेर ट्याङ्कीको पानी पनि खालि गरिएको छ भने पूर्ण रूपमा स्वच्छीकरण गरिएको छ। प्राप्त जानकारी अनुसार उक्त ट्याङ्कीबाटा बुर्तुक, हेलिप्याड र सिच्छेको निम्ति पेयजल सर्वाराह गरिनथ्यो भने घटना थाहा पाउनसाथै तुरन्तै जल वितरण प्रणाली बन्द गरिएको बताइएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!