Loading... आजः शनिबार , श्रावण १२, २०८१

3 वर्षीय बालिकालाई यौनशोषण गरेको आरोपमा एक युवक पक्राउ


गान्तोक, 25 अगस्त। पूर्व सिक्किमको सिङताममा तीन वर्षी 4 महिना पुगेको बालिकालाई यौन दूराचार गरेको आरोपमा एक 26 वर्षीय युवकलाई पुलिसले पक्राउ गरेको छ।

पुलिस सूत्रले दिएको जानकारीअनुसार, हिज सोमबार आमाले लुगा फेरिदिँदै गर्दा पिड़ीत नानीले आफूमाथि गत 22 अगस्तको दिन भएको यौन शोषणको घटनाको वृतान्त जानकारी दिएपछि पिड़ीत नानीका परिवारले आरोपीविरुद्ध सिङ्ताम थानामा एक प्राथमिकी (एफआईआर) दर्ता गरेका थिए। प्राथमिकीको आधारमा सिङ्ताम पुलिसले आरोपी युवकलाई हिजनै पक्राउ गरेको थियो। आरोपी सञ्जय सेवा एटीटीसी बरदाङमा एक सहायक प्राध्यापक हुन् भने उनी होम क्वारीनटाइनमा बस्दैआएका थिए।

सिङ्ताम पुलिसले आरोपीविरुद्ध पोक्सो ऐनअन्तर्गत मुद्दा दायर गरेको छ भने आरोपीलाई आज कोर्टमा उभाइएको थियो, जहाँ उनलाई कोर्टले न्यायिक हिरासतमा पठाएको जानकारी पनि पुलिस सूत्रद्वारा थाहा लागेको छ। उल्लेखनीय छ सिक्किममा 2013 सालदेखि लागातार रूपमा बाल यौन हिंसा बढिरहेको छ। त्यसमा पनि पूर्व जिल्लामा सबैभन्दा धेरै यौन हिंसा हुने गरेको पुलिसको तथ्याङ्कले बताएको छ। पूर्व जिल्लामा 44 प्रतिशत बाल यौनहिंसा हुने गर्दछ भने यो सालको जुन महिनासम्ममात्र 50 भन्दा धेरै बाल यौनहिंसा भएको पुलिस विभागको तथ्याङ्कले उल्लेख गरेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!