Loading... आजः शनिबार , चैत्र १, २०८१

30 र 31 अगस्तमा भएको झडपमा ईण्डियन सेनाका दुईको मृत्यु त्रिचालीस घाइते !


30 र 31 अगस्त 2020 मा भएको झडपमा चिनियाँ सेनाकाे प्रहारबाट ईण्डियन सेनाका 43 जना घाइते र 2 जना क्याप्टेनकाे मृत्यु मात्रै भएन चिनियाँ जनमुक्ति सेनाले गलवानघाटी सहित एक हजार वर्गकिलोमिटर विवादास्पद भूमि अाफ्नाे नियन्त्रणमा लिन समेत सफल भएको छ।

ईण्डियन मिडियाले घटनालाई ढाकछोप गर्न र ईण्डियन सेनाको मनाेबल उच्च बनाइराख्न झुठो प्रचारप्रसारलाई तीब्रता दिएका छन्। केही समयअघि नेपालका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले पुरानाे लिगेसि भन्दै १९४७ काे सन्धि खारेज गरेर मित्रराष्ट्र चीनकाे बिरुद्धमा गाेरखा सेना प्रयाेग नगर्न र फिर्ता बाेलाउन सक्ने संकेत गरेपछि ईण्डियाले धेरै कुरा लुकाउन थालेकाे हो।

ईण्डियाकाे उत्तरी नाकाक्षेत्र लद्दाखमा चिनियाँ सेना र इण्डियन सेनाबीच भएको झडपमा ईण्डियन सेनाका 43जना घाईते भएका छन् भने एकजना क्याप्टेन मारिएका छन्। मारिनेमा क्याप्टेन निमा तेञ्जिङ्ग चिनियाँ सेनासँगकाे मुठभेटमा मारिएका हुन। क्याप्टेन निमा तेञ्जिङ्ग विकास बटालियनका हुन। गत अगस्त 30 र 31 तारीखमा भएको झडपका समय यो घटना भएको हो।

यसैबीच, क्याप्टेन दीक्षान्त थापा चिनियाँ जनमुक्ति सेनाको शक्ति देखेर पछाडि हटेपछि उनलाई अाफ्नै साथीहरू विकास बटालियनका सैनिकले झुक्किएर हत्या गरेको श्राेतले जनाएको छ। ईण्डियन सेनामा कार्यरत गाेरखा राइफल्सका क्याप्टेन दीक्षान्त थापाकाे लद्दाखमा मृत्यु भएकाे हो। उनको मृत्यु गाडिले ठक्कर दिएर भएकाे बताइएको छ। गलवानघाटीकाे गाेल्डीबेगराेड चिनियाँ जनमुक्ति सेनाको नियन्त्रणमा रहेको र सडक नै अर्को पक्षको नियन्त्रणमा रहेको समय एकजना बहादुर सैन्य अफिसरकाे मृत्यु गाडीको ठक्करबाट भएको बताइनु निकै अविश्वसनीय भएको अाम बुझाइ छ। जतिसुकै झुठो बाेलेपनि र घटनालाई लुकाउन खाेजेपनि अाखिर झुठो कुरा छताछुल्ल भएरै छाेड्याे। जतिबेला मेजर जनरल गगन दीप बक्सीले समवेदना दिए, अनिमात्र भारतीय सेनाले लुकाइराखेको यतिठुलाे घटनाको खुलासा भएको हो।

चिनिया सेनाका जवानले भारतिय सेनाका Special frontier Force काे साताैं बटालियन अर्थात Vikas Battalion का काम्पनी कमाण्डर Nyima Tenzin लाई हाेली गाेली हत्या गरिदिएका छन भने अन्य 43 ईण्डियन सैनिकलाई गलवान उपत्यकामा घाईते बनाई दिएका छन। उच्च हिमाली क्षेत्रमा लडाई लड्नका लागि गाेरखा रेजिमेन्टका नेपाली र तिब्बती मूलका जवानलाई समावेश गरेर विकास बटालियन सन 1962 मा बनाईएकाे थियाे। यो विकास बटालियन भारतीय सेनाको नभइ भारतीय गुप्तचर एजेन्सी RAW काे हिस्सा हो। यसको गतिविधि अत्यन्तै गुप्त हुने गरेको छ। अमेरिकी सेनाले विशेष तालिम दिएको यो विकास बटालियन खासगरी चीन टुक्र्याउने योजनामा गठन गरिएको हो। विकास बटालियनमा चीनको तिब्बतबाट दलाईलामासँगै भागेर गएका तिब्बती खम्पालाई नियुक्त गरिएको थियो। तिब्बतको भाैगाेलिक अवस्थाकाे ज्ञान भएका र अति चिसो वातावरणमा पनि लडाइँ लड्ने क्षमता राख्ने भएकोले यो बटालियनलाई विशेष महत्त्व दिइएको छ। विशेष अधिकार प्राप्त विकास बटालियनले अाफैले सूचना संकलन गर्ने, योजना बनाउने र निर्देशन दिएर शत्रु विरुद्ध लडाइँ गर्दछ। यस बटालियनकाे पहिलो प्रमुख मेजर जनरल सुजानसिं उभान थिए। जवाहरलाल नेहरुले यसको गठन गरेका थिए। तर यही बटालियनका सर्वशक्तिमान मानिने कमाण्डर Nyima Tenzin मारिएपछि भारतिय सेना अध्यक्ष नरवणे अचानक निरिक्षणमा लागि लद्दाख पुगेका छन्।
(ड्युटिमा जानु अघि Nyima ले अाफ्नाे परिवारसंग खिचेकाे याे फाेटाे नै अन्तिम भयाे। साथमा अन्य फाेटाे समेत।)

भारतिय सेना चिनियाँ सेना र ट्याङ्क तैनाथ गरिएकाे स्थान समेत स्पष्ट देखिने फाेटाे पनि हेर्न सकिन्छ। चिनियाँ सेनाले श्रीनगर लद्दाख र गलवान जाेड्ने सडक समेत दावी गर्दै भारतीय पक्षले गलवानबाट लद्दाख जाेड्न बनाउन लागेकाे सडक निर्माण कार्य चीनले राेकदिएपछि भारतिय सेनाले श्रीनगरबाट लद्दाख जाने सडकमा सवारी साधान र मानिसकाे अावत जावतमा राेक लगाएकाे छ।


यतिबेला लद्दाख क्षेत्रमा ब्ल्याक टपमा विकास वटालिएन र त्यसको सपाेर्टिङ्गमा पछाडि बिहार रेजिमेण्ट तैनाथ गरिएको छ। यसैगरी, जिअार 3-9 र 4-1 लाई ब्याक सपाेर्टका लागि असी किलोमिटर वर तैनाथी अवस्थामा राखिएको छ। यस्तै ५०० संख्यामा भारतीय सैनिक चुसुल नजिक राखिएको छ भने १० हजार लेह-लद्दाखमा पुर्याउने तयारी गरिरहेकाे छ।

(अधिवक्ता राजेन्द्र शर्माको सहयोगमा)

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!