Loading... आजः शनिबार , श्रावण १२, २०८१

तिङलामा झडप हुँदा प्रहरीसहित चारजना घाइते, १४ माेटरसाईकल र १ बाेलेराे जलाईयाे


राष्ट्रिय प्रसारण लाइनको उद्घाटनको विषयलाई लिएर तिङला लाम्मानेमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका छन्। शनिबार विद्युत प्राधिकरणको सब स्टेशनमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका हुन्। स्थिति नियन्त्रण भन्दाबाहिर गएपछि प्रहरीले अश्रुग्याँस र रबरका गोली प्रहार गरेको थियो। प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको छ।

अवरोधपछि भएको झडपमा आन्दोलनकारीले सांसद टोलीका १४ मोटरसाइकलमा आगजनी गरेका छन् भने सव-स्टेशन अगाडि राखेको स्थानीय टंकबहादुर कार्कीको बोलेरो गाडी जलाए। राष्ट्रिय प्रसारण लाइनको विद्युत उद्घाटनभन्दा पहिले ग्रामीण विद्युतीकरणको माग राख्दै आन्दोलनमा उत्रिएका तिङलालीले शनिबार तिंला बन्दको आव्हान गरेका थिए।

सडक पार गर्न खोज्ने र अवरोध गर्ने क्रममा भनाभन हुँदै गर्दा आन्दोलनमा उत्रिएका तिङलालीले एक्कासी ढुंगा र लौरो प्रहार सुरु गरेका थिए। ढुंगा प्रहार भएपछि कार्यक्रममा सहभागी हुन गएकाह मोटरसाइकल छाडेर भागे। सोही क्रममा केही समय दोहोरो ढुंगा हानाहानको स्थिति भएको थियो।

सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई सुरवीरले विकास विरोधी तत्वले तिंलाका जनतालाई मुठभेडमा उतारेको प्रतिक्रिया दिएकाे अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!