Loading... आजः शनिबार , श्रावण १२, २०८१

सुदूर पश्चिम प्रदेशमा सुख्खा बन्दरगाह निर्माण तत्काल अघि बढ्ने


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कञ्चनपुरको दोधरा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माण कार्य तत्काल अघि बढाइने बताउनु भएको छ। सुदूरपश्चिमको राजधानी बनाउन घोषणा गरिएको गोदावरीमा मन्त्री भट्टले पत्रकारहरुसँग कुरा गर्दै बन्दरगाह निर्माण स्थलमा तारबार र पर्खाल निर्माणको काम तत्काल अघि बढ्ने बताउनु भएको कारोबार अनलाइनले लेखेको छ। उहाँले पहिलो चरणमा खाली रहेको निर्माण स्थलमा तारबार र पर्खाल लगाउने र दोस्रो चरणमा अपुग जग्गाको व्यवस्थापन गरिने बताउनुभयो।

दोधरा–चाँदनीमा सुख्खा बन्दरगाह, दैजी छेला र डुडेझारी औद्योगिक क्षेत्र, हरैया विशेष आर्थिक क्षेत्र र धनगढी–अत्तरिया औद्योगिक करिडोरको अध्ययन गर्न मन्त्रालयको टोली लिएर गृह प्रदेश आएका मन्त्री भट्टले दैजी–छेलार डुडेझारी औद्योगिक क्षेत्र अगाडि बढाउन समेत ढिला नहुने बताउनुभयो। उहाँले निर्माण स्थलमा ठूला रुखहरू नरहेको हुँुदा उद्योग स्थापनामा समस्या नहुने बताउनुभयो।

उद्योग मन्त्री भट्टसहित उद्योग मन्त्रालयका सचिवद्वय यामकुमारी खतिवडा र बैकुण्ड अधिकारीसहित मन्त्रालयका उच्च पदाधिकार सम्मिलित टोलीले सुख्खा बन्दरगाह निर्माण स्थल, औद्योगिक क्षेत्र निर्माणस्थल, विशेष आर्थिक क्षेत्र निर्माण स्थलको सम्भाव्यता अध्ययन तथा प्रस्तावित धनगढी–अत्तरिया औद्योगिक करिडोरको अवस्था अवलोकन गरेको छ।

Insert your Ads code here

कञ्चनपुरको बेदकोट नगरपालिका–२ मा स्थापना हुने दैजी–छेला औद्योगिक क्षेत्र निर्माणस्थल निरीक्षण गर्दा त्यसको निर्माण कार्यसमेत छिट्टै अगाडि बढाउन सकिने देखिएको मन्त्री भट्टले बताउनुभयो।

“एक प्रदेशमा एक औद्योगिक क्षेत्र स्थापना गर्ने लक्ष्य सरकारले लिएको छ”उहाँले भन्नुभयो, “यसको स्थापनामा अब सरकार ढिलाइ गर्दैन। निर्माणस्थलमा ठूला रुख नरहेको हुँदा निर्माण कार्यमा समस्या नहुने देखिन्छ।”

बेदकोट नगरपालिका–२ र ३ को राष्ट्रिय वनको करिव २६९.९३ हेक्टरमा औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी छ। दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा अढाई दशक अघि भएको थियो। तर, सरकारले निर्माणमा ध्यान नदिँदा अझैसम्म निर्माण सुरु हुन सकेको छैन।

मन्त्री भट्टले पहिले प्राविधिक काम सम्पन्न गरेर अर्को आर्थिक वर्षभित्र निर्माण कार्य सुरु गरिने बताउनुभयो। उहाँले कैलालीको हरैयामा निर्माण गर्ने भनिएको विशेष आर्थिक क्षेत्र, डुडेझाडीमा निर्माण गर्ने भनिएको औद्योगिक क्षेत्र र धनगढी–अत्तरिया औद्योगिक करिडोरको काम पनि क्रमशः अगाडि बढाउने बताउनुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!