Loading... आजः शनिबार , श्रावण १२, २०८१

कोरोना अतिप्रभावित मुलुकतर्फ उडान रोकिहाल्नुपर्ने अवस्था छैनः नागरिक उड्डयन प्राधिकरण


नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना अतिप्रभावित मुलुकहरुमा हवाई उडान रोकिहाल्नुपर्ने अवस्था नरहेको निश्कर्ष निकालेको छ। साथै विश्व स्वास्थ्य संगठनको मापदण्डभित्र रहेर आवश्यकताअनुसार निर्णय लिन नेपाल सरकारलाई सिफारिस गरेको छ। सरकारले नेपाल भ्रमण वर्ष स्थगित गर्ने तयारी गरेको छ भने अति प्रभावित मुलुकका नागरिकलाई अन अराइभल भिसा नदिने निर्णय गरेको अनलाइनखबरले जनाएको छ।

सरकारको यो निर्णयसँगै पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान रोक्नु पर्ने वा नपर्नेबारे अध्ययन गर्न नागरिक उड्डयन प्राधिकरणलाई भनेको थियो।प्राधिकरणले अहिले मुलुकभित्र कोरोनाको संक्रमित बिरामी पुष्टि नभएका कारण तत्काल उडान–अवतरण रोक्न पर्ने अवस्था नरहेको बताएको छ। तर नेपाल र सम्बन्धित मुलकुको स्वास्थ्य सतर्कता र संवेदनशीलता हेरेर यो निर्णय लिन सकिने प्राधिकरणको सिफारिसमा उल्लेख छ। प्राधिकरण स्रोतका अनुसार प्रतिवेदनमा विश्व स्वास्थ्य संगठनको मापदण्ड पछ्याउँदै अतिप्रभावित क्षेत्रमा हुने उडान रोक्न सक्ने सम्बन्धमा नेपाल सरकारले निर्णय लिन बाधा नपर्ने उल्लेख गरिएको छ ।

अहिले त्रिभुवन विमानस्थलमा आउने र जाने दुबै कक्षमा यात्रुको स्वास्थ्य चेक जाँच थालिएको छ। साथै सरकारले अत्यावश्यक नपरेसम्म विदेश भ्रमणमा नजान आह्वान गरेको छ। विदेशबाट नेपाल आउँदा पनि यात्रुले विमानस्थलमै कडा स्वास्थ्य चेकजाँचपछि हवाई यात्राको अनुमति दिने गरिएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!