Loading... आजः शनिबार , श्रावण १२, २०८१

अब टेलिफोनबाट काेराेना सम्बन्धि जानकारी लिन सकिने


नेपाल चिकित्सक संघले कोरोना भाइरस संक्रमणबारे परामर्श सिधै टेलिफोनबाट दिने जनाएको छ। संघले १३ जना विशेषज्ञ चिकित्सकको टेलिफोन नम्बर सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो।

संघले जनाए अनुसार तोकिएको समयमा सर्वसाधारणले यी उल्लेखित चिकित्सकसँग कोरोना भाइरस संक्रमणसम्बन्धि समस्याबारे परामर्श लिन सक्नेछन्।

संघले नागरिकलाई आकस्मिक अवस्थामा बाहेक स्वास्थ्य संस्था तथा अन्य भीडभाड हुने स्थलमा नजान र घरमै सुरक्षित रुपमा रहन सर्वसाधारणलाई अपिल गरेको छ। विशेषज्ञ चिकित्सकको परामर्श सेवाको आवश्यकता परेमा नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयका निम्न विशेषज्ञ चिकित्सकलाई सम्पर्क गर्न सकिन्छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!