Loading... आजः शनिबार , श्रावण १२, २०८१

नेपाल नीति अध्ययन केन्द्रका अध्यक्ष महारथी प्यारजंग थापा द्धारा विज्ञप्ति जारी


विश्वका २०२ मुलुकहरुमा फैलिएर दैनिक हजाराैंको ज्यान लिइरहेको कोबिड–१९ अर्थात कोरोना भाइरस बिरुद्ध सम्पूर्ण विश्व जुधिरहेको अवस्थामा नेपाल सरकारले पनि देशलाई Lock down गरी नेपालीको जीवन रक्षाको लागि गरिरहेको प्रयासको सहृाना गर्दै यसमा सम्पूर्ण नेपालीले साथ दिनु अहिलेको परम आवश्यकता भएको छ भनेर नेपाल नीति अध्ययन केन्द्रका अध्यक्ष महारथी प्यारजंग थापा द्धारा विज्ञप्ति जारी भएकाे छ । विज्ञप्तिकाे पूर्णपाठ

जि.प्र.का.द.नं.४१५÷२०७५–काठमाण्डौं
नेपाल नीति अध्ययन केन्द्र
काठमाडौं –१, नक्साल भगवती
मिति ः २०७६।१२।१९

प्रेस–विज्ञप्ति
विश्वका २०२ मुलुकहरुमा फैलिएर दैनिक हजाराैंको ज्यान लिइरहेको कोबिड–१९ अर्थात कोरोना भाइरस बिरुद्ध सम्पूर्ण विश्व जुधिरहेको अवस्थामा नेपाल सरकारले पनि देशलाई Lock down गरी नेपालीको जीवन रक्षाको लागि गरिरहेको प्रयासको सहृाना गर्दै यसमा सम्पूर्ण नेपालीले साथ दिनु अहिलेको परम आवश्यकता भएको छ ।

Insert your Ads code here

कोरोना भाइरस संक्रमित व्यक्तिहरुको पहिचान गरी उपचार गर्न र यसलाई फैलन नदिने भरपर्दो उपाय केवल Social distancing भएकोले कुनै पनि हालतमा यसको पूर्ण रुपमा कार्यान्वयन हुनु पर्दछ । यसकालागि नागरिकहरुले आप्mनो दायित्व सम्झी क्रियाशील रुपमा सरकारलाई साथ दिनुु मात्र नभएर सरकारले पनि अझ सक्रिय भएर स्वदेश वा विदेशका बाटाहरुमा अल्झिएका नेपाली नागरिकहरु झुण्डमा रही ढिलो चा“डो रोग ल्याउने र फैलने डर भएकोले उनिहरुलाई तत्काल रुपमा आफ्नो भूमीमा ल्याई ब्यवस्था गर्नुपर्ने, जिल्लाका सबै अस्पतालहरुमा ढिलो नगरी उक्त भाइरसको जा“च र उपचारको लागि आवश्यक सामाग्री र औषधिमूलो पु¥याउनु पर्ने, सबै प्रकारका बिरामीहरुको सहज उपचारको ब्यवस्था हुनुपर्ने, दैनिक उपभोगका सामानहरुको तत्काल आवस्यक ब्यवस्था हनुपर्ने देखिन्छ । त्यस्तै आप्mनो जीवन हत्केलामा राखेर भगवानको रुपमा काम गरिरहनुभएका डाक्टर, नर्स तथा सुरक्षाकर्मीहरुलाई उचित भत्ता र बीमाको ब्यवस्था, काम गर्न नपाई भोकै बस्नु परिरहेका नागरिक, र घरभाडा, वालवालिकाको स्कुलफीस, बिजुली, पानी, टेलिफोन, वैंक ब्याज, आदि तिर्न नसकिरहेका नागरिकहरुलाई सरकारले राहतको ब्यबस्था गर्नुपर्ने देखिन्छ ।
पहिलो चरणमानै निर्मूल गर्न नसकिए कोरोना भाइरसले नेपालमा भयावह स्थिति ल्याउन सक्ने भनी WHO ले दिएको चेतावनीलाई मनन् गर्दै सरकार थप चनाखो र सक्रिय भएर तत्काल आइपर्न सक्ने जटिलताहरुको सामना गर्न तयारी अवस्थामा रहनुमात्र नभएर आवश्यकता परे Lock down को म्याद अझ थप्नुका साथै जनतालाई आबश्यक सम्पूर्ण सेवा र राहत उपलब्ध गराई यो भाइरसलाई कुनैपनि हालतमा नेपालवाट निर्मूल पार्न र यस जीवन मरणको संघर्षमा सम्पूर्ण नेपालीले आप्mनो नागरिक कर्तब्य सम्झी आवश्यकता अनुसार Social distance वा Quarantine मा बस्नुका साथै सक्दो अन्य सहयोग गरेर सरकारलाई सक्रिय रुपमा साथ दिन नेपाल नीति अध्ययन केन्द्र हार्दिक अनुरोध गर्दछ ।

…………………………………..
महारथी प्यारजंग थापा (अ. प्रा.)
(अध्यक्ष)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!