Loading... आजः मंगलबार , आश्विन १, २०८१

बर्दियामा असार ७ गते सम्म निषेधाज्ञा समय थप गरियो २ बजे सम्म खुल्ला रहने


बर्दिया गुलरिया जेष्ठ ३१
कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि स्थानीय प्रशासनले असार ७ गते सम्मको लागि निषेधाज्ञा थप गरेको छ ।
जेष्ठ ३१ गते जिल्ला प्रशासन कार्यालय बर्दियाले जारी आदेश अनुसार जेष्ठ ३१ गते बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समिति बर्दियाको निर्णय अनुसार असार ७ गते सम्म थप गरीएको जनाईएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाजारी आदेशमा स्वास्थ्य सम्बन्धी माफदण्ड पालना गरी शान्तीसुरक्षा , विद्युत खानेपानी, सुचना तथा संञ्चार विद्यार्थी पठन पाठन, बैक तथा वित्तीय सेवा विहान १० बजे देखी दिउसो २ बजे सम्म, ग्यास तथा पेट्रोलियन पदार्थ, औषधीपसल, एग्रोभेटसेवा कोभिड १९ आइसोलेसन केन्द्र, विकास निर्माण कार्यहरु,विवाह ब्रतबन्ध,तथा अन्य धार्मिक सामाजिक कार्यहरु, प्रशासनको पुर्व स्वीकृतीलिई बढीमा ५ जना सम्म उपभोग्य बस्तु तथा सेवाहरु खाधन्न दुग्धजन्य फलफुल, तरकारी ग्यास तथा अन्य पसल दियसो २ बजे सम्म होटल तथा रेष्टुरेन्टबाट हुने होम डेलिभरी सेवा मात्र तथा कृर्षि कार्य गर्न खोल्न पाईने भएको छ ।
२० गतेदेखि ३१ गते राती १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा लागु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले पसल र वित्तीय संस्थान भने केही खुकुलो गरेको छ । जेठ मसान्तसम्म बिहान ८ बजे देखि ११ बजेसम्म बैक वित्तिय सस्थाहरु खुल्ला रहने र खाद्यान्य, फलफूल,दुधजन्य, ग्यास र दैनिक उपभोग्यका पसल सञ्चालनको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी खुल्ला हुने भएको छ ।
यस अघि जेठ २० गतेदेखि जेष्ठ ३१ गते राती १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा लागू गरिएकोमा थप ११ दिन बढाइएको थियो ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!