काेठियाघाट अनलाइन । असार १, २०७८ मंगलबार [प्रगतिशिल गीत] ए लाहुरे ! फर्केर आउरे बिदेश नोकरी नखाउरे । ए लाहुरे ! गाउँतिर आउरे गरिबको पिरमर्का सघाउरे ।।१।। ए लाहुरे ! नबन चाउरे न्यायप्रेमी जमात जमाउरे । ए लाहुरे ! कसमै खाउरे दुष्टमाथी अचानो नचाउरे ।।२।।Insert your Ads code here ए लाहुरे ! चर्कोगीत गाउरे सामन्तीको होस् हवास् उडाउरे । ए लाहुरे ! अन्त नजाउरे नेपालमा जाल खोर हटाउरे ।।३।। ए लाहुरे ! नाचिदेउ झ्याउरे नाचिनाची खुकुरी नचाउरे । ए लाहुरे ! हार नखाउरे फटाहालाई लम्पसार बनाउरे ।।४।। ए लाहुरे ! नहिचकिचाउरे शोषकलाई फुटबल झै खेलाउरे । ए लाहुरे ! नेपालमै फर्केर आई अब कर्मथलो बनाउरे ।।५।। 📝 संकलन : वसन्तराज अधिकारी घोराही, दाङ । रचना मिति : आइतबार ३० जेठ २०७८ शुभम् । @ कीर्तिपुर, काठमाडौं । Please follow and like us: तपाइँकाे प्रतिक्रिया