Loading... आजः मंगलबार , फाल्गुन ६, २०८१

नेपालमै पहिलो पटक बर्दियामा बरघर रोड For the first time in Nepal, Barghar Road in Bardiya


राजापुर बर्दिया, ३१ जेठ २०७८

थारु समुदायको इतिहास तथा पहिचानसँग जोडिएको बरघर प्रणालीको नामले राजापुर नगरपालिकाको वडा नं. २ मा जोतपुर गाउँ देखि ग्वारीसम्म १४०० मिटर लामो र ८ मिटर चौडाई रोड निर्माण गरिएको छ ।

Insert your Ads code here

    राजापुर नगरपालिका वडा नं २का वडा अध्यक्षधरनीधर थारुको पहलमा निर्माण भएकाे बरघर रोड नामाकरण गरिएको सो रोड गाउँक्षेत्रलाई बजारसँग जोड्न, बजार थपविस्तार गर्न, कृषि उत्पादनको ओसार पसार सहजबनाउन र विद्यार्थीहरुलाई विद्यालयजान र आउन सहजबनाउने छ ।

For the first time in Nepal, Barghar Road in Bardiya थारु गाउँमा बरघरले गाउँको सम्पूर्ण राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक कार्यको नेतृत्व गरेको हुन्छ । बरघर गाउँका नेताहुन् । हरेक थारु गाउँमाबरघर हुने गर्दछन् । गाउँमा बेठ बेगारी, कुलापानी सिंचाई, मरणी करणी देखि लिएर पूजापाठ र सामाजिककार्य यिनै बरघर मार्फत नै हुने गर्दछ । अर्को अर्थमा, बरघर भन्नाले थारु समुदायको प्रमुखपहिचानहो । जहाँथारु त्यहाँ बरघर । तसर्थ, थारु समुदायको पहिचान स्थापित गर्नका लागिसो रोडको नामाकरण बरघर राखिएको बताउँछन् जोतपुर निवासीयुवा नेता तथा बर्दियाली थारु विकास मञ्च, काठमाडौंका केन्द्रियअध्यक्ष सितारामथारु । हामीले आफ्नो पहिचान स्थापित गर्न सम्पूर्ण थरुहटमा यहि कुरा सिक्नुपर्छ ।

यसैगरी जोतपुरकै एक युवा समाजसेवी तथा जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौरा भन्छन्, हामीले आफ्नो सामाजिक तथा सांस्कृतिक प्रणाली, धरोहर तथा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरुको नामबाट रोड, चौक तथा सार्वजनिक स्थलहरुको नामाकरण गर्नुपर्छ । यसो गरेमा सो स्थानका आदिबासीहरुको पहिचान स्थापितहुँदै जाने र इतिहास पनि रहन्छ । उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, खास गरेर थरुहट क्षेत्रको नामाकरण गर्दा ध्यानपुर्याउनु पर्ने कुराहरु,गाउँ, ठाउँ, कुलो, गल्ली, रोड, चौक या सार्वजनीक ठाउँको नामाकरण गर्दा कसैलाई गाली गर्ने, होच्याउने, उच्छृङ्खल, अश्लिलखालको नाम राख्नहुँदैन । लास्याबजार, चुतिया चौक जस्तोनामलाईतुरुन्त सच्याएर मौलिक तर सभ्यनाम राखौं ।थरुहट पहिचान, इतिहास या साँस्कृतिक तथा सामाजिक नाम झल्काउनेनाम राखौं । जस्तो कि, बरघर चौक, बरघर रोड, गुर्वा चौक या समाज, गाउँबनाउन महत्वपूर्ण योगदान पुगाएका व्यक्तिकानाम बाट (गुम्रा चौक, राधाकृष्ण रोड, आदि……) राखौं ।बिगारिएका नामलाई सुधारौं । जस्तो कि सडुवा– सरुवा/सर्वा, नयाँगाउँ– लवलपुर/लौलपुर, बड्का भौंरा– बर्का भौंरा, तल्ना बरगदही– टर्ना बरगदही, गुवारी– ग्वारी आदिआदि

हाम्रो यहाँ खेतीयोग्य जमिन भएता पनि त्यो जमिनको उत्पादन व्यवस्थापन गर्न बाटो छैन । विद्यार्थीहरुलाई घुमाउरो बाटोबाट विद्यालय जानुपर्छ । यो रोडले हरेक कुराको बजारीकरणमा सहयोग दिलाउने छ भन्छन् वडा अध्यक्ष धरनीधर थारु। यतिबेलायुवाहरु वेरोजगार बसेका छन् ।

 

युवा स्वरोजगार अन्तर्गत रहेका मानव संशाधनलाई हामीले यहिकार्यमा लगायों । यो रोडले मुख्यगरी राजापुर नगरपािलकामा रहेको बालाबजारलाई जोड्ने छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!