Loading... आजः आइतबार , बैशाख १४, २०८२

Global Money Week 2025 बित्तिय जागरण कार्यक्रम राजापुरमा भव्यरुपमा मनाईयो


बर्दिया राजापुर
नेपाल लघुवित्त बैङ्कर्स सङ्घ अन्तर्गतको राजापुर गेरुवा लघुवित्त कर्मचारी मन्चले Global Money Week 2025 को अबसरमा राजापुर नगरपालिका बित्तिय जागरण कार्यक्रम बुधबार भव्यरुपमा मनाइएको छ ।

न्याली सहितको राजापुर बजार परिक्रममा गरी मनाइएको बृहत वित्तीय जागरण कार्यक्रमका सभापति नेपाल लघुवित्त बैङ्कर्स सङ्घका अध्यक्ष तथा नेशनल लघुवित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव प्रमुख अतिथिमा राजापुर नगरपालिकाका नगर प्रमुख श्री दिपेश थारु रहनु भएको थियो ।

Insert your Ads code here

कार्यक्रमलाई सम्बोधन गर्दै राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले ऋण दिदा बित्तिय सस्थाका कर्मचारी, प्रमुखहरुले गरेको गल्ती सच्चाएर जानु पर्ने, ऋण दिनु भन्दा पहिले उसले ऋण तिर्न सक्छ की सक्दैन त्यो बुझन जरुरी रहेको , व्यवसाय गर्न सक्ने मेहेन्त गरेर बाच्न सक्नेलाई ऋण दिन जरुरी रहेको बताउदै आज जुनरुपमा लैगिक समानता देखिनु पर्ने थियो त्यो नदेखिएको ,श्रमिकहरुको सम्मान गर्न जरुरी रहेको तबमात्र समृद्धिको यात्रा सुरु हुने बताउनु भयो ।

कार्यक्रमका सभापति राम बहादुर यादवले सन् २०१२ देखी सुरुभएको विश्व वित्तिय सप्ताह मा अहिले सम्म विश्वभरका ६ करोड युवा,बालबालिकामा वित्तिय शिक्षाको पहुँच पुगेको बताउँदै घर परिवारलाई आर्थिकरुपमा, समाजिकरुपमा रुपान्तरण गर्नका लागि लघुवित्त अहिले एउटा आधार हुन सक्ने भएको बताउनु हुदै अहिलेको अवस्था र व्यवस्था सुधार कसरी गर्न सकिन्छ, बर्तमान अवस्थामा देखिएका समस्या समाधान कसरी गर्न सकिन्छ, लघुवित्त संस्थाहरू र स्थानीय तह विच कसरी समन्वय गरेर अगाडि बढ्न सकिन्छ, कर्मचारी सुरक्षा, वित्तीय सचेतना कसरी फैलाउने, राजापुर गेरुवा क्षेत्रका समस्या समाधान कसरी गर्ने, सदस्यहरुबाट गुनासो र सुझावका साथै सदस्यका सफलताका कहानी, लघुवित्त संस्थाहरू साच्चै माइती बनेर आएका हुन् गलत सुचना र भ्रमित हुनु हुदैन भन्ने बारे छलफल सहित कर्जाको सहि सदुपयोग गरि आवश्यकता अनुसार मात्र कर्जा लिनु र बचत किन आवश्यक छ बताउनु भयो ।
राजापुर नगरपालिका वडा नं १का वडाअध्यक्ष बाबुराम चौधरीले आफुले पनी हिजोका दिन देखी लघुवित्त सस्थाबाट ऋण लिई कारोबार गरीरहेको बताउदै भिजन बनाएर ऋण लिदा घाटा हुन नसक्ने बताउनु भयो ।
राजापुर नगरपालिका वडा नं ३ का वडाअध्यक्ष प्रसादु चौधरीले लघुवित्त सस्था सुरुवाती चरणमा जनमानसमा उपलब्धी मूलक काम गरेको ,सानो तिनो काम गर्न सहज भएको धितो नहुनेले लघुवित्तबाट ऋण लिई जग्गा जमिन खरीद गरी आफ्नो बास बनाउन सकेको बताउनु भयो ।


लघुवित्त सस्था किन आवश्यकता प¥यो वारे बताउदै आत्मनिर्भर लघुबित्त प्रमुख कार्यकारी अधिकृत सोगतविर चौधरीले नेपालमा महिलाहरुलाई पुरुषहरु जस्तै संग सगै लैजान लघुवित्त सस्थाको स्थापना भएको, हिजोका दिनमा सय रुपैया देख्न नपाउने महिलाहरु आज लाखौ लाख खेलाउन पाउनु भएको छ , अहिले उहाँहरुलाई आत्मनिर्भर तुलाएको, लघुवित्तले स्वाभिमान बनाएको , लघुवित्तले उहाँहरुले चाहेको व्यवसाय गर्ने सफल भएको समाजमा स्थापित हुन सक्नु भएको छ ।


राजापुर गेरुवा लघुवित्त कर्मचारी मञ्चका अध्यक्ष प्रदिप पनेरुले बचत किन गर्ने ? के गरे बचत हुन्छ भन्न यो सप्ताव्यापी कार्यक्रम सुरुभएको बताउदै राजापुर र गेरुवा क्षेत्रमा २२ वटा लघुवित्त सस्थामा ४३ हजार ५ सय सदस्यहरुले सेवा लिइरहेकोमा २ अर्व ३२ करोड लगानी गरेको बताउनु भयो ।


महालक्ष्मी विकास बैक राजापुर शाखाका प्रबन्धक शेर बहादुर बिकले हामीले लिएको ऋण कसैको बचत हो बुझेर काम गर्न र लिएको ऋण सहि ठाँउमा सदुपयोग गरी समयमै ऋण फिर्ता गर्ने बतावरण बनाउनु पर्ने बताउनु भयो ।
स्थानिय समाजसेवी राम मणी उपाध्ययले लघुवित्तले लालपुर्जा नहुने लाई समुह जमानी र नागरिकताको आधारमा ऋण दिने गरेको बताउदै लघुवित्त सस्थाका कर्मचारीहरुलाई साथ दिनु पर्ने बताउनु भयो ।
सेवाग्राही सन्त कुमारी थारुले पहिला अप्ठेरो पर्दा ऋण माग्दा कसैले पनि नदिने गरेको अहिले लघुवित्त आएपछि सहज भएको आफुले ऋण लिई अटो चलाएर काम गदै राम्रो आम्दानी गर्दै आइरहेको बताए ।
सेवाग्राही हरीमाया बुढाले ऋण लिएपछि तिर्नु लघुवित्तबाट ऋण लिएर बाख्रापालनहरु गर्दै आइरहेको र ब्याज दर केही कम गरीनु पर्ने बताउनु भयो ।
सेवाग्राही देवी चौधरीले ठूलो बैकहरुबाट ऋण माग्दा धितो खोज्ने गरेको धितो नहुनेलाई कामगर्न लघुवित्तले धितो नराखी ऋण दिने गरेको लघुवित्तको ऋणबाट आफुले अहिले बाल कपाल कटिङ्ग सेन्टर खोली काम गदै आइरहेको बताउनु भयो ।


सेवाग्राही सिता चौधरीले लिएको ऋण समयमै तिर्दा राम्रो हुने , ब्याजदर घटाउनु पर्ने बताउनु भयो ।


भुवन ढकालले संचालन गर्नु भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय राजापुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक शागर बोहरा, शसस्त्र प्रहरी बलका नायव उपरीक्षक राजेन्द्र कुवर ,लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय टेडियाबजार ,मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय राजापुर ,आशा लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय राजापुर , फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय राजापुर ,हिमालयन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय राजापुर , निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय राजापुर ,ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय राजापुर ,एन आई सी एसिया लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय राजापुर ,महिला लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय राजापुर ,सम्पदा लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय राजापुर , नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय बदालपुर , उपकार लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय मानपुर टपरा,छिमेक लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय मानपुर, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय बदालपुर, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय शान्तिबजार, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय नयाँगाउँ , इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय शान्तिबजार, नेशनल लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय शान्तिबजार , एनएमबी लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय शान्तिबजार , सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय रामजाने,स्वाभिमान लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय सोनपुर, स्वरोजगार लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय राजापुर , राजापुर गेरुवा क्षेत्रका सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरु, पत्रकार, मिडियाकर्मी, बुद्धिजिवीहरु उपस्थिति रहेको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!