Loading... आजः शनिबार , श्रावण १२, २०८१

MCC जलाउन खाेज्ने अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष सहित ३ जना पक्राउ


एमसीसी जलाउन खोज्ने क्रममा नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल सहित ३जनालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार दिउँसो काठमाडौंको आरआर क्याम्पस अगाडि एमसीसी जलाउने क्रममा विद्यार्थीका केन्द्रिय अध्यक्ष गजुरेल, केन्द्रिय सदस्य सुलब वैद्य र पोखरा विश्व विद्यालयका संयोजक एवम् अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य जगत शाहीलाई प्रहरीले पक्राउ गरेको हो।

एमसीसी सम्झौता, भारतीय पक्षबाट भएको सीमा अतिक्रमण, राष्ट्रिय स्वाधिनता लगायतको पक्षमा काठमाडौंमा निकालिएको शान्ति र्याली पछि कोण सभा गरेर एमसीसी सम्झौता जलाउने क्रममा प्रहरीले धरपकड गरेर उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेकालाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ। अखिल क्रान्तिकारीले मंगलबार शान्तिबाटिका, बागबजार, प्रदर्शनी मार्ग हुँदै आरआर क्याम्पस गेट अगाडि कोण सभा गरेको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!