Loading... आजः शनिबार , श्रावण १२, २०८१

MCC विरुद्ध डडेलधुराका युवाले गरे विरोध प्रदर्शन


अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको स्वाधीनताको विरुद्धमा भएको भन्दै डडेल्धुराका युवाहरुले हिजो माघ ८ गतृ बुधबार विरोध प्रर्दशन गरेका छन्।

नेपालमा अमेरिकी सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसीसी अगाडि सारेको भन्दै उनीहरुले डडेल्धुरा सदरमुकाममा राँके जुलुस निकालेका हुन।

एमसीसी सम्झौता राष्ट्रघाती भएको बताउँदै संसद्बाट पारित भएर लागू भए नेपालको स्वाधीनता समाप्त हुने र चीन विरुद्ध नेपालीभूमि प्रयोग गर्ने उद्देश्यका साथ एमसीसी आएको भन्दै खारेज हुनुपर्ने प्रर्दशनमा सहभागी युवाहरुले बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!