Loading... आजः शनिबार , श्रावण १२, २०८१

MCC स्विकारेमा नेपाल पनि सिरिया, अफगानिस्थान, इराक जस्तै हुनेछ: नेता गुरुङ


फाइल तस्बिर

सत्तारुढदल नेकपाका सचेतक देव प्रसाद गुरुङले नेपाल सरकार र मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसि) बीच हुने भनिएको सम्झौता राष्ट्रिय हित बिपरित भएको अाज राजधानीमा अायाेजित एक कार्यक्रममा बाेल्दै बताउनु भएको छ। एमसिसि सम्झौता अमेरिकी फौजी रणनीति रहेको गुरुङले दाबी गर्नुभएको छ। नेपाल सरकार एमसीसी बीच सम्झौता भएपछि चीन र अमेरिकाको युद्ध मैदान नेपाललाई बनाउने अमेरिकी रणनीति रहेको दाबी उहाँको थियो।

एमसिसि खारेज अभियान नेपालको आयोजनामा नेपाल ल क्याम्पस, लाइब्रेरी हल भृकुटी मण्डप काठमाडौंमा शनिबार भएको अन्तरक्रियामा कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताउनु भएको हो।

Insert your Ads code here

एसियामा आर्थिक रुपमा छलाङ्ग मारिरहेको चीनलाई फौजी हस्तक्षेप गर्ने रणनीति अनुरुप अमेरिका एमसिसि मार्फत नेपालमा सैन्य अखडा खडा गर्न चाहेको सचेतक गुरुङले ठोकुवा समेत गर्नुभयो। नेपालमा अमेरिकी सैन्य क्याम्प खडा गरेर तिब्बत क्षेत्रलाई आक्रम ण गर्ने र सिंगो चीनलाई तहस नहस पार्ने फौजी रणनीतिका रुपमा अमेरिका नेपाल भित्रिन चाहेको उहाँले जिकिर गर्नुभएको थियो।

उहाँले यसरी अमेरिका सहयोगको नाममा नेपाल पस्यो भने नेपाल पनि सिरिया, अफगानिस्थान, इराक जस्तै हुने बताउँदै गुरुङले सरकारले एमसीसी सम्झौता गर्न नहुनेमा अडान लिनुभएकाे थियाे।

अन्तरक्रिया कार्यक्रममा बक्ताहरु देव प्रसाद गुरुङ, लिलामणी पोख्रेल, सिपि मैनाली, गुणराज लोहनी लगाएतले आफ्नो भनाइ राख्नुभएको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!